शुक्रबार, बैशाख १४, २०८१

१२६ जनामा कोभिड संक्रमण पुष्टि हुँदै गर्दा ३८५ जना डिस्चार्ज

मुलुकमा ह्वात्तै घट्यो कोभिड संक्रमण दर

काठमाडौ फागुन २०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्ला दिनमा संक्रमण दर घट्दै गएको जनाउँदै पछिल्लो २४ घण्टामा ७ हजार ९१ जनाको पीसीआर र १८ सय ४२ जनाको एन्टीजेन पीसीआर परीक्षण गर्दा १२६ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ३८५ जना डिस्चार्ज भएको थप १ जनाको मृत्यु भएको जानकारी दिदै देशभर ७ हजार २४२ जना सक्रिय संक्रमित रहेको जनाएके छ। २४ घण्टामा ३७ हजार १९२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।