शनिबार, बैशाख ८, २०८१

१०५ जनामा सङ्क्रमण पुष्टि हुँदै गर्दा ३२० जना सङ्क्रमणमुक्त , ३को मृत्यु

काठमाडौ फागुन १९,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनामा पीसीआर र एन्टिजेन गरेर १०५ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर तर्फ ७० जना र एन्टिजेनतर्फ ३५ जना गरि उल्लेखित सख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै यसवीचमा ३२० जना संक्रमित सङ्क्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितले ज्यान गुमाएका छन । आज पुष्टि भएका मृतकसंगै नेपालमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४४ पुगेको छ । त्यस्तै नेपालमा हाल सात हजार ५१७ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छन् ।