बुधबार, बैशाख १२, २०८१

स्थानीय तह निर्वाचन केन्द्रीत हुँदै बिहीबार सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं चैत १६
बिहीबार सत्ता गठबन्ध,न दलको बैठक बस्ने भएको छ। आसन्न स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा नितिगत छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक वोलाइएको प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिनुभयो ।

बिहान साढे १० बजे बस्ने बैठकमा बैठकमा मंगलवा सम्पन्न काँग्रेस केन्द्रीय समितिको बैठकले सत्ता गठबन्धनमा सहभागी दलसँग आवश्यकता अनुसार चुनावमा गठबन्धन गर्ने निर्णय गरे अनुसार अवको रणनिति तय गर्नका लागि बैठक बस्न लागेको बताइएकोछ । मुलत वैशाख ३० गते एकसाथ देशभरका ७५३ वटा स्थानीय तहमा हुने निर्वाचन केन्द्रीत हुने उहाँले बताउनुभयो ।