मङ्लबार, बैशाख ४, २०८१

स्थानीय तहको निर्वाचन :एक लाख म्यादी प्रहरी भर्नाको लागि आजदेखि आवेदन खुला

काठमाडौं चैत ६ 
आगामी बैशाख ३० गते एकै चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि माग भएको एक लाख म्यादी प्रहरी भर्नाको लागि आजदेखि आवेदन खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत एवम् प्रशासन विभागले एक सार्वजनिक सूचना जारी गर्दै आजदेखि आगामी ११ गतेसम्म म्यादी प्रहरीमा काम गर्न चाहने योग्यता पुगेको नागरिकले आवेदन दिन सक्ने व्यवस्था सहित भर्ना आव्हान गरेको हो ।

भर्ना आव्हान सूचनामा आजदेखि देशभरका जिल्लामा ४० दिनका भर्ना गरिने म्यादी प्रहरी भर्नाका लागि कोटाअनुसार आवेदन दिन सक्ने जाउदै प्रहरी मुख्यालयले आवेदन दिनका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको, नैतिक पतनको अभियोग नलागेको र कुनै राजनैतिक दलको सदस्य नभएको हुनु पर्ने नेपाली नागरिक हुनुपर्ने र छनौट भएकालाइ ७ दिने तालिम सहित परिचाल गरिने जानकारी दिएकोछ । यसरी परिचालित हुने म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउने प्रहरी मुख्यालयले  जनाएको छ।