बिहिबार, बैशाख १३, २०८१

साना दलले पनि दलकै चिह्नमा निर्वाचनमा भाग लिन पाउने

काठमाडौं चैत १४ ,
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको क्रममा जिल्लामा सङ्गठन संरचना रहेको विवरण प्राप्त भएका दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्नेभएको छ ।

राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको जानकारीदिदै आयोगका प्रवक्ता शालिग्राम शर्माले राष्ट्रिय मान्यता प्राप्त छसहित ७३ राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराएको जानकारी दिनुभयो ।

साथै उहाँले यसअघि राष्ट्रिय मान्यता प्राप्त बाहेकका दललाई आआफ्नो दलको निर्वाचनमा चुनाव चिह्नमा निर्वाचनमा भाग लिने भए जिल्लागत क्रियाशील सङ्गठन संरचना बुझाउन समयसीमा तोकेर निर्देशन दिएको थियो ।