बिहिबार, बैशाख १३, २०८१

सर्लाही कांग्रेसको जिल्ला अधिवेशन स्थगित, सप्तरीको निर्वाचन मङ्गलबार

काठमाडौं फागुन २३,
नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण आजको लागि लागि तय भएको निर्वाचन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जिल्ल निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहद्दारा जारी सूचनामा उल्लेख गरिएकोछ ।

जारी सूचनामा विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै जारी सूचना मार्फत सोमवार विहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन यसवीचमा सिर्जित विवादका कारण दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएको हो । त्यसलगत्तै मतदानस्थल पब्लिक माध्यमिक विद्यालय बाहिर कांग्रेसका स्थानीय नेता कार्यकर्ताले नाराबाजी गरेका थिए ।

स्मरण रहोस, कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट सुरेन्द्रप्रसाद सिंह र शेखर कोइराला पक्षबाट लक्ष्मण रायको प्यानल चुनावी मैदानमा उत्रेका छन् ।

 यसैवीच सप्तरी कांग्रेसको स्थगित भएको जिल्ला अधिवेशन मङ्गलबार हुने भएको छ । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन मङ्गलबार अधिवेशन गर्ने तयारी भएको निर्वाचन सममितिले जनाएको छ। यसअघि गत शनिबार अधिवेशनको क्रममा विवाद भएसंगै निर्वाचन स्थगित गरिएको हो । यसजिल्लामा सभापति पदका लागि शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा रहेको  छन ।