शुक्रबार, चैत्र १६, २०८०

सर्लाहीमा बस दुर्घटना: चारको मृत्यु , ३० घाइते

काठमाडौं चैत १३ ,

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आज सर्लाहीको लालबन्दीको फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना हुँदा ४को  मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन् ।

प्रहरीले बस दुर्घटनामा घाइते भएका यात्रुको लालबन्दी, नवलपुर र हरिवनमा उपचार भइहरको यसमध्ये पनि गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र बाहिर पठाउने क्रम चलिरहेको जनाएको छ ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्ताल मलङ्गवमा ल्याइएको छ भने मृतक तथा घाइतेहरुको पहिचानको काम भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।