बुधबार, बैशाख १२, २०८१

सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध : सञ्चारमन्त्री कार्की

काठमाडौं चैत १६
नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको अवसरमा यहाँ बुधबार आयोजित ‘पत्रकार तथा सञ्चारमाध्यममा कोभिड–१९ को प्रभाव’ विषयक अन्तरक्रियाल कार्यक्रमममा वोल्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको निमित्त प्रतिबद्ध रहेको बताउँदै लोकतन्त्र र प्रेस स्वतन्त्रता विपरितका कुनै पनि कियाकलाप वा नियन्त्रणको विषयमा सोच्न पनि नसकिने बताउनुभएको छ ।

त्यस्तै उहाँले मुलुकको प्रतयेक परिवर्तनमा नेपाली प्रेसले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालको संविधानले नै संवैधानिक हकको रूपमा प्रेस तथा सूचनाको हकको प्रत्यभूति गरेको बताउनुभयो ।
साथै उहाँले कार्यक्रममा सरकारले ज्येष्ठ पत्रकारको जीवन यापनमा सहयोग पुर्याउने उद्देश्यले ५ करोड ३२ लाखको पत्रकार वृद्धि कोष स्थापना गरेको जानकारीदिनुको अलावा ‘सरकारले प्रत्यके वर्ष दुई जना पत्रकारलाई दुई लाख र सम्मानको साथै छ जनालाई जनही एक लाखको राष्ट्रिय पत्रकारिता पुरस्कारको व्यवस्था गरेको र सञ्चार गृहले आयात गर्ने अखबारी कागजमा एक प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था गरिएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेल लगायतका महासंघका पूर्व अधयक्ष अध्यक्ष हरिहर विरही लगायतले वर्तमान समयमा नेपाली प्रेस जगतले झेल्नु परेको विषयगत एजेन्दामा वो आफ्नो धारणा राख्नु भएको थियो ।

यसैवीच समुहगत छलफलमा ‘कोभिड र प्रेस स्वतन्त्रताको अवस्था’ शीर्षकमा महासंघका पूर्वसभापति तारानाथ दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समुहगत छलफलमा पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, महासंघकी पूर्वसचिव संगिता खड्का, मिडिया सोसाइटिका महासचिव मदन लम्सालले समुहगत छलफलमा भाग लिनुभएको थियो । महासंघका सल्लाहकार निर्मला शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

कोभिडको प्रभाव, महासंघको भूमिका र अबको रणनीति शीर्षकमा महासंघका महासचिव रोसन पुरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समुहगत छलफलमा महासंघका पूर्व उपाध्यक्ष खिलबहादुर भण्डारी, विज्ञापन बोर्डका सदस्य बलराम थापा, महासंघका पूर्व केन्द्रीय सदस्य खिम घले, लोकान्तर डटकका सम्पादक बिमल गौतमले छलफल गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासंघका पूर्वउपाध्यक्ष यशोदा तिम्सिनाले गर्नुभएको थियो ।

त्यस्तै पत्रकारहरुको पेशागत सुरक्षामा कोभिडको प्रभाव शीर्षकमा महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त शीर्षकमा समुहगत छलफलमा महासंघका पूर्वसभापति धर्मेन्द्र झा, पूर्वउपाध्यक्ष अनिता बिन्दु, पूर्वसचिव रामप्रसाद दाहाल, सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगन बाहादुर हमालले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासंघका पूर्वअध्यक्ष शिव गाँउलले गर्नुभएको थियो ।

त्यसअघि स्वास्थ्य शिविर कायक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पत्रकारको निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्थाको व्यावहारिक पहल गर्ने बताउनुभयो । उहाँले पत्रकारको स्वास्थ्य बीमा, जेष्ठ पत्रकार वृत्ति लगायतलाई व्यवस्थित गर्न र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न पहल गर्ने बताउनुभयो ।