शुक्रबार, चैत्र १६, २०८०

सरकारी छाप किर्ते गर्ने कार्यमा संलग्न एकदजर्न पक्राउ

काठमाडौं चैत २
महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडौं महानगरपालिका(१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई मंगलबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु मिलन टोल बस्ने २९ वर्षीय अमृत थापा, २४ वर्षीय प्रज्वल खड्का, काठमाडौं सामाखुशी बस्ने ३० वर्षीय रञ्जित कार्की, काठमाडौं मनमैजु बालाजु बस्ने ३३ वर्षीय रामजी परियार, काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ३६ वर्षीया गोमा बजगाई, काठमाडौं गोंगबु मिलन टोल बस्ने ३३ वर्षीय जिवन कुमार श्रेष्ठ, काठमाडौं गौशाला बस्ने ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिकाका रमेश बजगाई, काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय सन्दिप मैनाली, काठमाडौं धुम्बाराही पिपलबोट २१ वर्षीय अभिषेक मगर, काठमाडौं सिनामंगल बस्ने २२ वर्षीय निरञ्‍जन तिवारी र काठमाडौं कलंकी बस्ने २४ वर्षीय मदन तामाङ रहेकोप्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू ४ थान, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थान समेत बरामद गरेको जनाउद उनीहरू उपर किर्ते गर्न नहुने कसूर मुद्दामा थप अनुसन्धान भइरहेको जनाकउो छ ।