शुक्रबार, चैत्र १६, २०८०

सत्ता गठबन्धनको बैठक: एमसीसी परियोजना समयमानै कार्यान्वयन गर्नुपर्ने एजेन्दामा छलफल

काठमाडौ फागुन १९,
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी कार्यान्वयनको विषयमा विषयगत छलफल गर्दै यसवीचमा अख्तियार गरिनुपर्ने मार्ग संगै यसवीचमा विकसित राजनीतिक परिस्थितिको समिक्षा गरेको छ।

बैठकपछि , सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आजको बैठक मुलत एमसीसी परियोजना ५ वर्षभित्र कार्यान्वयन हुन नसके सहयोग फिर्ता जाने भएका कारण समयमानै परियोजना कार्यान्वयनको मार्ग पहिचान गर्नुपर्ने विषयमा दलहरुवीच छलफल भएके बताउनुभयो ।

त्यस्तै स।सद बैठमा जारी प्रतिपक्षीदलको अवरोध आगामी जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, हवाई उड्डयन जस्ता विधेयकहरु छन्, संसद सञ्चालन एवम् राष्ट्रिय समस्याका विषयमा समेत छलफल भएको जानकारीदिनुभयो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डु नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीलगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको जानकारी समेत उहाँले दिनुभयो ।