शुक्रबार, चैत्र १६, २०८०

संसद भवन अगाडि प्रेसर कुकर बम राख्ने महत पक्राउ

काठमाडौ फागुन १८,

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा सोमबार प्रेसर कुकर बम राखेको घटनामा संलग्न रहेको अभियोगमा अनेरास्वबियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष सुवास महतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जनमानसमा भय त्रास सिर्जना गरी आतंकित बनाउने उद्देश्यले उक्त ठाउँमा शंकास्पद वस्तु राखेको घटनामा संलग्न उनलाई घटनामा प्रयोग भएको मोटरसाइकल सहित महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।

प्रहरीले घटनामा प्रयोग भएको बा.प्र.०२-०३०-प ७०८५ नम्बरको मोटरसाईकल, हेल्मेट, ज्याकेट र विभिन्न कम्पनीका ४ थान मोबाइल प्रहरीले बरामद गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएके छ ।