शुक्रबार, बैशाख ७, २०८१

संखुवासभामा बस दुर्घटना,१० को मृत्यु

काठमाडौं फागुन २६ ,
संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना हुदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको जनाउँदै प्रहरीले बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको जानकारी दिदै अहिले
घटनास्थलमा उद्धारकार्य जारी छ । घटना बारे थप विवरण आउन बाकि रहेको जनाएको छ।