बिहिबार, चैत्र १५, २०८०

व्याख्यात्मक घोषणासहितको एमसिसी अनुमादन सम्झौता एमसिसी मुख्यालयद्दारा स्वीकार

काठमाडौं फागुन १८,
प्रतिनिधि सभाको बैठक फागुन १५ गतेको बैठकले व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको एमसिसी सम्झौता एमसिसी मुख्यालयले स्वीकार गरेको छ ।

एमसिसी मुख्यालयले जारी गरेको विज्ञप्तिमा उक्त ‘सम्झौता अनुमोदनका लागि नेपालले देखाएको ततपरताको प्रससा गर्दै नेपालले सार्वभौम लोकतान्त्रिक मुलकुका रूपमा प्रमाणित गर्नुको अलावा नेपालले गरेको ६० अर्ब रुपियाँ बराबरको आर्थिक अनुदान लिन प्रतिनिधिसभाले संशोधन गर्ने निर्णय स्वीकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसनद्वारा उल्लेख रहेको छ । त्यस्तै एमसीसीको विषयमा संशोधन गर्नसक्ने अधिकार सार्वभौम मुलुक नेपालसंग सधैँ रहने समेत बताइएको छ ।

‘सम्झौता अनुमोदनले पाँचवर्षे परियोजना कार्यान्वयन गर्ने दिशामा भइरहेका काम जारी राख्न थप प्रेरित गरेको छ। परियोजनाले नेपालमा बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउनेछ,’ एमसिसी मुख्यालयको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै प्रस्तुत परियोजनाले नेपालको विद्युत् र सडकमा हुने विकाससंगै नेपालका करिब ८० प्रतिशत जनतालाई लाभ पुग्ने जनाउँदै प्रस्तुत सम्झौताको अनुमदनबाट नेपाल र अमेरिकाबीच ७५ वर्षको कूटनीतिक सम्बन्धलाइ थप दरिलो बनाएको उल्लेख गरिएको छ ।