बिहिबार, बैशाख १३, २०८१

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान : राष्ट्रपति

काठमाडौं फागुन १९
नयाँ वर्षका रुपमा  हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको विशेष पर्व ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको शुभकामना सन्देशमा विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको बताउनुभएको छ ।

हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको विशेष पर्व दिनुहुँदै उहाँले भन्नुभएको छ, “नेपालको यही विशिष्ट पहिचानले हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको छ । हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त रहेको छ । त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ ।

राष्ट्रपतिले यस्ता पर्वहरूको माध्यमबाट नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन गई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले मनाउने यसपर्वको अवसमार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले आज सार्वजनिक बिदा दिएको छ ।