शुक्रबार, चैत्र १६, २०८०

वडामा सम्पन्न कामहरुको एकीकृत संगालो महानगरको प्रगति हो : प्रमुख शाक्य

महानगरपालिकाको आर्थिक र प्राविधिक सहयोगमा लायकू साः त्वाः छेँको निर्माण कार्य सुरु

काठमाडौं फागुन १८,

काठमाडौँ महानगरको वडा ६ सिमलटार महामृत्युञ्जय मन्दिर परिसरमा किरियापुत्री भवन उदघाटन भएको छ । महानगरका प्रमुख शाक्य ,संघीय संसद सदस्य कृष्ण राई, वडाध्यक्ष दीपेन्द्र लामाले किरियापुत्री भवन र जय गुरुदेव भवन उदघाटन गर्नुभएको छ ।
संसद विकास कोष, महानगरपालिका, बौद्धनाथ क्षेत्र विकास समिति, उपभोक्ता समितिको सयुक्त पहलमा करिब १२ लाख रुपैयाँमा निर्माण गरिएको २ तले भवनमा एक पटकमा ५ वटा परिवारले किरिया गर्न सक्ने जनाएको छ ।

भवन उदघाटनपछि बोल्दै प्रमुख शाक्यले, वडा क्षेत्रमा पार्क तथा हरियाली प्रवर्धनका लागि धेरै काम भएको उल्लेख गर्दै ‘ वडाबाट सम्पन्न कामहरुको एकीकृत संगालो महानगरको प्रगति भएको बताउनुभएकोछ ।

त्यस्तै संघीय संसद सदस्य कृष्ण राईले, सहभागिताबाट गरिने कामहरुबाट धेरैले स्वामित्व लिन सक्ने धारणा राख्नुभयो । महामृत्युञ्जय मन्दिर परिसरमा भएका संरचना र तिनको स्वामित्व यसको उदाहरण भएको बताउनुभयो भने वडाध्यक्ष दीपेन्द्र लामाले, टोल टोलमा गएर विकासका माग सुनुवाई गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

यसैवीच काठमाडौँ महानगरपालिकाको आर्थिक र प्राविधिक सहयोगमा लायकू साः त्वाः छेँको निर्माण कार्य सुरु भएको छ । महानगरको वडा २३ को झोछेँमा मंगलबार महानगरका मेयर विद्यासुन्दर शाक्यले, शिलान्यास गर्दै निर्माण कार्यको शुभारम्भ गर्नुभएको छ । साढे ३ तलाका २१० क्षेत्रफलको बर्गफिट रहेको त्वाः छेँ निर्माणको लागत भ्याट र ओभरहेटबाहेक करिब २० लाख ७५ हजार रहेको बताइएकोछ ।

शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै महानगरप्रमुख शाक्यले महानगरले सम्पदा पुननिर्माणका लागि लिएको नीतिबाट क्रमशः परिणामहरु आइरहेका बताउँदै सार्वजनिक महत्वको काम थाल्न कहिल्यै ढिला नहुने बताउनुभयो

त्यस क्रममा बोल्दै वडाध्यक्ष मचाराजा महर्जनले, महानगरको ‘भित्री सहरी क्षेत्रको पहिचान भनेकै सांस्कृतिक सम्पदा, स्थानीय, भाषा, कला, साहित्य र सिर्जना हुन् । सहरी सेवा सुविधा वितरण र पूर्वाधार निर्माणसँगै हामीले पहिचान जोगाउने कामलाई प्राथमिकता दिएको    बताउनुभयो ।

त्यस्तै काठमाडौँ महानगरको वडा २३ मा ख्याल प्याखँ र दवूँ प्याखँका कलाकारलाई सम्मान गर्दै महानगरका प्रमुख शाक्यले ‘मूर्त सम्पदा र अमूर्त सम्पदाविच अभिन्न सम्बन्ध रहेको बताउदै अमूर्त सम्पदा सम्बन्धी अभिलेखीकरण र संरक्षणको लागि महानगरले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रममा ५५ जना कलाकारलाई सम्मान गरिएको थियो ।