शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ स्थानीय तह निर्वाचनको लागि एमालेको उम्मेदवारको छनौट मापदण्ड

काठमाडौँ चैत ७,
आसन्न स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छनोट मापदण्डको एजेन्दामा छलफल गर्दै नेकपा एमालेलेको पोलिटव्यूरो बैठकले निम्नाुसारको छनोट मापदण्ड तय गरेको छ ।

तय गरिएको मापदण्डअनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन र पार्टीमा क्रियाशीलता संगै कार्यक्षमता, विकास र सुशासनप्रति दृष्टिकोण, लोकप्रियता र चुनावमा जित्ने आधार, पार्टीको आन्दोलनमा योगदानलाइ मुख्य मापदण्ड तोकेको छ ।

त्यस्तै वडा सदस्य र वडाध्यक्षको उम्मेदवारको सवालमा भने वडा कमिटीले सिफारिसमा जिला कमिटीले निर्णय गर्ने निति अख्यिार गरेको छ। यस्तै, पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका कमिटीको सुझावमा जिल्लाले सिफारिस गर्नेछ भने प्रदेश कमिटीले निर्णय गर्ने भएको छ।

त्यस्तै महानगरका मेयर र उपमेयरका उम्मेदवारबारे निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने निर्णय पोलिटव्यूरो बैठकले गरेको छ । पोलिटव्यूरो बैठकले स्थानीय तह निर्वाचनको घोषणा पत्र बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर सार्वजनिक गर्ने निर्णय समेत गरेको छ।