बिहिबार, बैशाख ६, २०८१

यस्तो छ, काठमाडौं काँग्रेस क्षेत्र न. ८ बाट निर्वाचित महासमिति सदस्यको सूची

काठमाडौं फागुन २६,
काठमाडौं काँग्रेस क्षेत्र न. ८ ले पार्टीको सम्पन्न् १४ औं महाधिवेशन अन्र्तगत आकंक्षी एक दर्जन महासमिति सदस्य मध्ये ११ जना सदस्य निर्विरोध निर्वाचित गरेका छन ।

यसरी निर्वाचित महासमिति सदस्यमा ५ महिला सहित क्रमस शोभा जोशी , ,कृष्णा अमात्य , सपना राजभण्डारी जोशी, उर्मिला बस्नेत , राज्यलक्ष्मी श्रेष्ठ , राजुराज जोशी , मोहन वहादुर बस्नेत , किरणकृष्ण जोशी , बुद्दिमान बलामी, देवरत्न डंगोल र विजय गोपाल श्रेष्ठ रहेका छन ।

 महासमितिका लागि आकंक्षी उम्मेदवारमध्ये महाधिवेशन प्रतिनिधि रविन्द्रलाल श्रेष्ठले वारेसमार्फत पठाएको वारेसनामामा कुन पदका लागि भन्ने  व्यहोरा नखुल्नुको अलावा  र पेश भएको वारेसनामा समेत सक्कल नभइ फोटोकपी भएका कारण निजको उम्मेदवारी काँग्रेस निर्वाचन निर्देशिका २०७८ र संशोधित विधानको मर्म विपरित भएका कारण मनोनयन पत्र रद्ध गरिएको निर्वाचन अधिकृत उत्तमभद्र खनालले जारी गर्नुभएको सुचनामा उल्लेख गरिएको छ ।

यसैवीच निर्वाचित महासमिति सदस्यहरुलाइ आजै काँग्रेस क्षेत्रीय समितिको कार्यालय परिसरमा क्षेत्रीय सभापति राजेश श्रेष्ठ ,काठमाडौं जिल्लाका सहसचिव रोमेल श्रेष्ठ ,प्रदेश  का सभापतिका इन्द्रमान सिं सुवाल, शिवकुमार खनाल ,महानगर वडा न १३, १५, १९, २० र २४ का  इकाइ सभापति  क्रमस सुरेन्द्र मानन्धर, जीवन डंगोल, गोविन्द, श्रेष्ठ राजेन्द्र मानन्धर र विनोदराज भण्डारी तथा दर्जनौ काँग्रेस नेतागणको उपस्थितीमा निर्वाचन अधिकृत खनालले एक अनौपचारिक कार्यक्रमकावीच प्रमाण पत्र वितरण गरिएको क्षेत्रीय सचिव पुष्करराज पाण्डेले जानकारी  दिनुभयो ।