बिहिबार, चैत्र १५, २०८०

म्यादी प्रहरी भर्नाका लागि ४ अर्ब ३९ करोडको बजेट स्वीकृत

काठमाडौं फागुन ३०,
आगामी वैशाख ३० गते सम्पन हुने गरि मिति तोकिएको स्थानीय तह निर्वाचनका लागि आवश्यक जनशक्ति अर्थात म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३९ करोड बजेट स्वीकृत गरेको छ ।

अर्थ मन्त्रालयलेबाट बजेट स्वीकृतभएसंगै प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीका भर्नाको लागि आगामी साता भर्ना दरखास्त आह्वान गर्ने तयारी गरेको बुझिएको छ।

४० दिने सेवा वापत एक म्यादी प्रहरीले तलब ,रासन, लत्ता कपडा र गाडी भाडा समेत गरि करिब ४४ हजार रुपैया पाउँने व्यवस्था कार्यविधिमा रहेको जनाउदै प्रहरी मुख्यालयले यसपटक नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पूर्व प्रहरी, नेनाबाट निवृत्त भएका वा जागिर छोडेका मानिसहरुलाई प्राथमिकरण गरेको जनाउँदै म्यादी प्रहरी भर्नाको आह्वानका लागि गोरखापत्र र नेपाल प्रहरीको वेबसाइटमा सूचना प्रकाशित गरिने जनाएको छ ।