शुक्रबार, बैशाख १४, २०८१

मप बैठक- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सरकारको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री कार्की

काठमाडौ फागुन २७ ,

फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सञ्चार ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । पत्रकारहरुको प्रश्नको जवाफ दिदै प्रवक्ता कार्कीले भने वर्तमान सरकार पूर्ण प्रेश स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको र किमार्थ सकारले प्रेस स्वतन्त्रता सङ्कुचन हुनेगरी कुनै कानून ल्याउँदैन साथै विगतमा पूर्वती सरकारले ल्याएको कानूनहरु पनि आवश्यकताअनुसार परिमार्जन गर्दै अगाडी बढ्ने बताउनुभयो ।

त्यस्तै उहाँले मप बैठकबाटविभिन्न मन्त्रालयको प्रस्तावमा भएको १९ बुँदे निर्णय सार्वजनिक गर्दे बञ्चरेडाँडा ल्याण्डफिलसाइटमा देखिएका स्थानीय समस्या समाधान गर्ने सन्दर्भमा सरकारले आवश्यक सहजीकरण र समन्वय गर्न स्थानीय जनप्रतिनिधिसमेत रहेको एक उच्चस्तरीय समिति गठन भएको बताउनुभयो ।

त्यसैगरी सरकारले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको स्वामित्वमा रहेको सुर्खेत जिल्लामा रहेको क्षेत्रफल ०–९–८ बिघाको जग्गा नेपाल राष्ट्र बैंकलाई बिक्री गर्न स्वीकृति प्रदान गर्ने निर्णय संगै नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाइ नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै पत्रकार दुर्घटना बीमा (व्यवस्थापन) (पहिलो संशोधन) निर्देशिका, २०७८, वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८, निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८, औद्योगिक व्यवसाय नियमावली, २०७८ र सार्वजनिक खरिद (एघारौँ संशोधन) नियमावली, २०७८ लाई पनि स्वीकृत गर्ने निर्णय संगैबीउबिजनको किसिम वा जात सूचित गर्ने प्रयोजनार्थ राष्ट्रिय बीउबिजन समितिबाट सिफारिस भई आएबमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।

 यस्तो थप मप बैठकका थप निर्णय :