बिहिबार, बैशाख १३, २०८१

मध्यशहर…

वैरागी जेठा

काठमाडौं फागुन २५ ,

विस्मित भएर,मेरो शहर
जुद्धकोको शालिकझैँ रोइरहे छ
उनीहरुका भीडहरु
घचघच्याउँदै ,उभिरहेकाछन्
अपरिचित आइमाइहरु ।
पीडा झेलिरहेका ती अनुहारहरु
छाया भएर ठोकिन्छन् ।
आँखाहरु जुध्छन् ,प्रत्येक गोधूलीमा
छैनन् कानून ,मध्यशहरमा ।
परिवारको चिन्ता भन्दा यिनका चिन्ता
आगोको झिल्का झैँ झिल्किन्छ
टुँडीखेलका छातीमा गुडिरहेका मोटरहरुलाई
गम्भिर भएर सोच्ने फुर्सत छैन
बिचरा सडक
निथ्रुक्क भिजेको छ , फेरिदिने कोही छैन
मोटरहरुका गीतहरुले
कतैपनि सान्त्वना दिँदैनन्
उनीहरु गीत बजाइरहेछन् ।
यतिबेला , टुँडिखेल
शिष्टाचार खोजिरहेछ ।
अनुभवका कथा ,होशियारीपूर्वक
आँसु चुहाउँदै , तपतप
नयाँसडक भिजाउँछ ।
कंक्रिटका टाकुराहरु ,हाँसिरहन्छन्
चुपचाप
विद्रोहले जन्माएको परिवर्तन
यो हुँदै होइन ।
स्वतन्त्रताको अधिन भन्दा बाहिर निस्केका
जीवनका पर्खाल्हरु
देखेर म सधैँ रुने गर्छु ।
मध्यशहरको दशाहरु
पीडाबोध गराइरहेछन्
यस् हृदयलाई ।
सम्पूणर् चिन्ता सुुन्ने र बुझ्ने
मान्छेको महशुस गरिरहेछ
मध्यशहर ।

[कवि जेठा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सदस्य हुँनुहुन्छ ]