शुक्रबार, चैत्र १६, २०८०

मतगणनालाइ सहज बनाउन चुनाव चिन्ह र स्वस्तिक छापको रङ्ग फरक गरेको आयोगको प्रष्टोक्ति

काठमाडौं फागुन २६,
निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनमा मतगणना गर्दा समस्या नहोस् भन्ने उद्देश्यले मात्र मपतपत्रमा चुनाव चिन्ह हरियो रङ्गको बनाउन खोजेको प्रष्टोक्ति दिएको छ।

आयागले आजको मिडिया ब्रिफिङ्गमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले केहि दिन यता आयोगकोबाट भएको मतपपत्रको रङ्ग परिवर्तनको प्रसंगलाइ लिएर विभिन्न टिकाटिप्पणी भएसंगै मतगणनामा सजिलो होस् भनेर चुनाव चिन्ह र स्वस्तिक छापको रङ्ग फरक पारेको जनाउ दिएको हो । त्यस्तै उहँँले मतपत्र छपाइको मसी कस्तो प्रयोग गर्ने भन्ने अधिकार आयोगको रहेको भन्दै उहाँले मसी परिवर्तन नहुने समेत बताउनुभयो ।

साथै आयोगले पछिल्लो समय मतदाता नामावली अद्यावधिकका कामसंगै निर्वानका लागि दल दर्ताको प्राप्त आवेदन उपर आवश्यक अध्ययन अन्तिम चरणमा रहेको जानकारी सहति यस सम्बधमा आजै आयोगले राजनीतिक दल दर्तासम्बन्धी निर्णय गर्ने जानकारी समेत दिएको छ।