शुक्रबार, चैत्र १६, २०८०

पीसीआर र एन्टिजेन ३५ जनामा सङ्क्रमण ३२ जनामा कोभिड सङ्क्रमण

काठमाडौं चैत १०,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर ५ हजार २६८ जनाको परीक्षण गर्दा कुल ३५ जनामा सङ्क्रमण ३२ जनामा कोभिड

सङ्क्रमण पुष्टि भएको जनाएको । मन्त्रालयका अनुसार ३ हजार ८८१ जनाको पीसीआर परीक्षण गर्दा ३२ जना र १३ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै यसवीचमा २६६ जना सङ्क्रमण मुक्त भएका छन् भने कुनै सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यद्यपी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । साथै देशभर २२ हजार १९ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।