शुक्रबार, चैत्र १६, २०८०

पीसीआर र एन्टिजेन परीक्षणमा थप ४४ जनामा कोभिड सङ्क्रमण, १ को मृत्यु

काठमाडौं चैत ८,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर छ हजार ५९४ जनाको परीक्षण गर्दा कुल ४४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै मन्त्रालयलले यसवीचमा ४८१ जना संक्रमति कोडि मुक्त भएको जानकारीदिदै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ६८८ रहेको जनाएको छ । साथै हालसम्म् संक्रमणकारण आज थप एक जनाको मृत्यु भएको र योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९५१ जना पुगेको जानकारी दिएको छ।

त्यस्तै आइसियुमा २३ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदै गरेको जनाएको छ भने पछिल्लो २४ घण्टामा ७३ हजार ६४२ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।