शुक्रबार, चैत्र १६, २०८०

पीसीआर एन्टिजेन परीक्षणको क्रममा २१ जनामा कोभिड संक्रमण

काठमाडौं चैत १४ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार १५२ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र ११ सय ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जना गरि २१ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै यसवीचमा ३१९ जना सङ्क्रमण मुक्त भएका छन् भने वितेको २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । साथै सक्रिय सङ्क्रमित संख्या एक हजार २५४ रहेको मन्त्रालयले जनाएको छ ।