बिहिबार, बैशाख १३, २०८१

 परीक्षाको परिणाम फेरबदल गर्ने यातायातका कार्यालय प्रमुख सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं चैत ४,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०७५ मंसिर, २०७६ कार्तिक र मंसिरमा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन कार्यालय प्रमुख पौडेल सहित ९ जनाको नियत बदनियत भएको ठहर सहिट निजहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

त्यस्तै मुद्धा दायर गरिएको अन्य सरकारी अधिकारीमहरुमा क्रमस त्यही कार्यालयमा कार्यरत अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेम प्रसाद श्रेष्ठ, अधिकृतस्तर छैटौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर [करार] झलक पौडेल, कम्प्युटर अपरेटर [करार] मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालसमेत विरुद्ध अख्तियारले मुद्दा दायर गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा उनीहरुले प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका १६६ जना परीक्षार्थीहरुको पास गराएको तथा २ जना प्रयोगात्मक परीक्षामा पास भएका परीक्षार्थीहरुलाई फेल गराई जम्मा १६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको अख्तियारले जनाएको छ ।