शुक्रबार, चैत्र १६, २०८०

नेविसंघमा शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा गुरुङ नियुक्त

काठमाडौं चैत ९,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्ति गरेका छन ।सभापति देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फाल्गुण ३ गतेको बैठकको निर्णय अनुसार नेपाली कांग्रेसको विधान २०१७ [संशोधन सहित]को धारा ४२ [१] [च] बमोजिम रिक्त भएका पदमा नियुक्ति गरेको काँग्रेस मुख्यालयले जनाएको छ।


तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्न कार्यादेश दिइएको छ।