शुक्रबार, चैत्र १६, २०८०

नेपाल चीनवीच पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर

फोटो साभार: सूचना विभागको वेव पेज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्वामित्व आजै हस्तारन्तरण हुने

काठमाडौं चैत १२ ,
परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा नेपालको ३ दिने भ्रमणमा आउनु भएका चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीवीचको सम्पन्न द्विपक्षीय वार्तापछि नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत हुनको अलावा दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर गरेका छन् ।

दुइ देशवीच भएको ९ बुँदे हस्तारक्षमा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन –नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षितरुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी, चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र, अरनिको राजमार्ग [तेस्रो चरण] मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई [पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप] खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र तथा चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउने लगायतका समझदारी रहेका छन ।

त्यस्तै हस्ताक्षर कार्यक्रममा परराष्ट्रमन्त्री खड्काले आजको सहमति पछि नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा लैजाने बताउँदै कोभिडका कारण नेपालको अर्थतन्त्रको पुनरुत्थानमा बढेको चुनौतीसंगै घट्दो विप्रेषण आप्रवाहलगायत मुलुकले झेल्नुपरेका चुनौतीबारे जानकारी दिनुभएको थियो ।

त्यस्तै उहाँले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध थप सुदृढ गर्न तथा द्विपक्षीय व्यापार–वाणिज्य प्रवद्र्धनका निम्ति सिमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माण अपरिहार्य भएकाले हिमालय सिमापार सम्पर्क सञ्जाल विस्तार गर्ने विगतको सहमति कार्यान्वयन गर्नेतर्फ चिनियाँ पक्षको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।

यसैवीच चीन सरकारको सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्वामित्व आजै प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।