शनिबार, बैशाख ८, २०८१

नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आगामी चैत २० गते सुनुवाइ हुने

 काठमाडां फागुन २९, 
सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आगामी चैत २० गते हुने भएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले आज उक्त मुद्दाको सुनुवाइ आगामी चैत २० गतेदेखि गर्ने निर्णय गरेको हो ।
अदालतबाट जारी आदेशमा । मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भइसकेको अवस्थालाइ दृष्टिगत गर्दै २०७८ चैत्र २० गते आइतबार पेसी तोकी पूर्ण सुनुवाइका लागि नियमअनुसार पेस गर्नू भनिएको छ ।