बिहिबार, चैत्र १५, २०८०

नगर परिक्रमा सहित श्वेतकाली अजिमाको १२ वर्षे जात्राको शुभारम्भ  

काठमाडौं चैत १४,
काठमाडौं महानगरको वडा १८ स्थित श्री नरदेवी अर्थात श्वेतकाली अजिमाको १२ बर्षे जात्रा आइतवारबाट शुरु भएको छ। जात्राको लागि स्थानीय मूल देवघरबाट देवगणको वाहिर आगमन भएसंगै यो जात्राको शुभारम्भ हुने गर्दछ ।

त्यसो त श्वेतकालीको बाह्र वर्षे जात्राका लागि गत चैत २ गते देवघरबाट देवगण सहित स्वयम्भुस्थित वनमा गै बलिपूजन सहित शुभसाइतमा कटान गरिएको स्थानिय भाषामा मूथां भनिने वृक्ष नरदेवी स्थित देवघर भित्र्याउँदै चैत ५ गते देवघर प्राङ्गणमा प्रतिस्थापन गरेसंगै श्वेतकालीको १२ वर्षे जात्राको शुभारम्भ हुने गर्दछ ।

यसवीचमा श्वेतकालीको बाह्र वर्षे जात्रा अन्तर्गत चैत्र १३ गते देय् अर्थात देश घुमाउने क्रम अन्र्तगत काठमाडौंका भित्री शहरमा देवीको मूल देवघरबाट घरबाट आरम्भ भई नरदेवी टेंगल – वाङ्गेमुडा, असन, जनबहाल, इन्द्रचोक, हनुमानढोका दरवार चिकंमुगल , जैशिदेवल क्वहिति, भिमसेनस्थान, मरु काठमण्डप यटखा हुँदै पुनः देवीको मूल देवघरमा देवी जात्राको पहिलो चरणको शुरुवात गरिन्छ भने चैत १७ र १८ गते श्वेतकाली मन्दिर अगाडिको डबलीमा नाच प्रदर्शन गरिने भएको छ ।

नरदेवीको मन्दिर स्थापना लिच्छविकालीन राजा गुणकामदेवको पालामा भए संगै श्री श्वेतकाली अजिमा नरदेवी को देवी नाच पर्व मल्लकालिन राजा अमर मल्लको पालामा शुभारम्भ भएको मानिन्छ ।