शुक्रबार, चैत्र १६, २०८०

तहगत रुपमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्व गठन गर्न निर्देशन

काठमाडौं चैत १७,
नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा आज बसेको समितिको बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाइ लक्षित गर्दै प्रदेश लगायत विभिन्न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले विभिन्न तहमा पार्टीको विधानत व्यवस्था बमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्व गठन गर्न निर्देशन दिदै आवश्यक जिम्मेवारी बाँडफाँड गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

बैठकमा पार्टी प्रवक्ता एवम् समितिका डा प्रकाशशरण महत सहित सदस्यहरु सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जितजंग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु वाँस्तोला र जीवन राना लगातको उपस्थिती रहेको थियो ।