शनिबार, बैशाख ८, २०८१

जसपा केन्द्रीय समिति बैठक स् ३ सदस्यीय पार्टी मुख्यालय गठन अवधारणा अनुमोदित

काठमाडौं फागुन ३० ,
जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले यस अघि गठन गरेको ३ सदस्यीय पार्टी मुख्यालय समितिको अवधारणालाइ अनुमोदन गरेको छ ।
पार्टीको जारी केन्द्रीय समितिको बैठकले समितिको अनुमोदन संगै कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा आवश्यक निर्णय लिन सक्ने गरि गठन अनुमोदित ३ सदस्यीय मुख्यालय अर्थात हेडक्वार्टरमा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने व्यवस्था गरिएको छ।

त्यस्तै केन्द्रीय कार्यकारिणी समितिको जारी बैठकले आगामी असार १ र २ गते काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको समेत गरेको थाहा भएके छ ।