शनिबार, बैशाख ८, २०८१

छुट्टाछुट्टै स्थानको जुवाखालबाट नगद १४ लाख सहित ५४ जना पक्राउ

काठमाडौं फागुन २२,

काठमाडौं महानगरपालिका -१४ लुम्विनी खाजा घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै महालक्ष्मी नगरपालिका- ४ ईमाडोल सेतीपाखास्थित एक बहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा २४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त टहरामा तास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८५ हजार ३ सय ३० रुपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएके छ ।

त्यस्तै घोराही उपमहानगरपालिका १५ स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा होटल संचालक अर्घाखाँची सन्धिखर्क नगरपालिका-८ घर भएका ५२ वर्षीय गोपाल बहादुर कुँवर लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीका अनुसार जुवा खालबाट नगद २ लाख २१ हजार ३ सय ५ रुपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो भने नेपालगन्ज उपमहानगरपालिका(१ धम्बोजीस्थित सिटी प्यालेस होटलको कोठा नम्बर ६०६ मा तास खेलिरहेको अवस्थामा १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय बाँकेलेको टोलीले जुवाखालबाट नगद ६ लाख ९४ हजार ५ सय रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।