बुधबार, बैशाख १२, २०८१

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा , यस्तो छ भ्रमण कार्यतालिका

काठमाडौं चैत ११,
३ दिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन्। पूर्व निर्धारित समय तालिकाभन्दा एक घण्टाअघि विशेष विमानबाट २५ सदस्यीय टोलीसहित नेपाल आइपुगेका विदेशमन्त्री वाङ यीलाइ त्रिभुवन विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, परराष्ट्रकै चीन महाशाखा प्रमुख लोकबहादुर थापा लगायत सरकारी अधिकारीले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

नेपाल आउनु पूर्व विदेशमन्त्री वाङ यीले भारतको नयाँ दिल्लीमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेशमन्त्री एस जयशंकरसँगको भेटवाता वार्ता पछि नेपाल आइपुगेका हुन्।

विदेशमन्त्री वाङ यीको भोली अर्थात शनिवारबाट भेटघाटको क्रम शुरु हुने जनाउदै परराष्ट्र मन्त्रालयले शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ता सहति दुई देशबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने जनाएको छ।

त्यस्तै शनिवारनै प्रधानमन्त्री शेरवहादुर देउवा संग भेटवार्ताको कार्यक्रम रहेको छ भने त्यसपछि साँझ एमालेका अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष प्रचण्ड’लगायत शीर्ष नेतासँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री नारयाण खड्काको रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । त्यस्तै आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता हुने मन्त्रालयले जनाएको छ।