शनिबार, बैशाख ८, २०८१

चन्द्रागिरि केबलकारमा समस्या, ३७ जना यात्रु ३ घण्टासम्म अड्किए

काठमाडौ चैत १७,
विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएसंगै चन्द्रागिरि केबलकारको यात्रामारहेका पाँच बालबालिकासहित ३७ जना यात्रु ३ घण्टासम्म थुनिएका छन ।मङ्गलबार दिउँसो साढे २ बजे चन्द्रागिरि केबलकारमा समस्या आएपछि केबलकारमा थुनिएका ती यात्रुहरुलाइ सम्भावित दुर्घटनाबाट बचाउँदै प्रहरीको प्रयासमा उद्धार गरिएको छ ।

त्यति मात्र होइन सम्भावित दुर्घटना हुन नदिन तथा यात्रुको सकुशल उद्धारका लागि जिल्ला दैवीप्रकोप तथा उद्धार समितिको प्राविधिक सहितको टोली समेत अर्लट राख्दै महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक नेतृत्वको टोलीले यात्रुको उद्धार गरिएको थानकोट प्रहरीले जनाएको छ।