शुक्रबार, बैशाख ७, २०८१

गृहले भन्यो- राजपत्रमा प्रकाशित सूचना वाहेक अन्य भ्रामक समाचारको विश्वास नगर्नु

काठमाडौ फागुन २०,

गृहमन्त्रालयले सार्वजनिक विदा सम्बन्धमा प्रकाशन भएका समाचारप्रति ध्यानाकर्षण भएको बताउादै पछिल्लो समय सार्वजनिक विदा सम्बन्धमा फैलिएको भ्रम लाइ निवारण गर्दै राजपत्रमा प्रकाशित सूचना वाहेक अन्य भ्रामक समाचारको विश्वास नगर्न अनुरोध गरेको छ।

त्यस्तै मन्त्रालयका उपसचिव सूचना अधिकारी वसन्त भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यमममा सार्वजनिक विदाका सम्बन्धमा प्रकाशन भएका भ्रामक समाचारभएसंगै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

त्यस्तै विज्ञप्तिमा ‘सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि दिइने सार्वजनिक विदाका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल राजपत्रमा सूचना प्रकाश गरिने हुँदा उक्त राजपत्रमा प्रकाशित सार्वजनिक विदा नै आधिकारिक हुने भएकोले त्यस्ता भ्रामक, कपोकल्पित समाचारप्रति विश्वा स नगर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ भनिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28