बुधबार, बैशाख १२, २०८१

गद्दीबैठक पटाङ्गनीमा विधिपूर्वक आज चिर ठड्याइएसँगै वर्ष ०७८ को फागुपर्व शुरु

काठमाडौं फागुन २६,
वसन्तपुर कुमारीघर परिसरमा भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आज बिहान विशेष पूजा गरी विधिपूर्वक आज चिर ठड्याइएसँगै वर्ष ०७८ को विधिवत होलीपर्व सुभारम्भ भएको छ । बिहानको ०७ :२७ शुभसाइतमा राजधानीको  बसन्तपुर दक्षिण तर्फ रहेको गद्दीबैठक पटाङ्गनीमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो । यसवर्ष चैत ३ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र ४ गते तराईका विभिन्न जिल्लामा भोलिपल्ट फागु पर्व मनाइन्छ ।

धार्मिक आख्यान अनुसार हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई हत्या गर्ने उद्देश्यले होलिका आगोमा जाँदा होलिकाको दहन भई प्रह्लाद बाँचेको पौराणिक कथा सन्दर्भलाई लिएर होली मनाइने गरिन्छ । काठमाडौँ लगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ ।