बिहिबार, बैशाख १३, २०८१

काठमाडौंमा शक्तिपीठको पूजन सहित आज पाहाँचह्रे पर्व मनाइदै

काठमाडौं चैत १७,
आज काठमाडौंमा नेवार समुदायले मनाउँने एक ऐतिहासिक पर्व अर्थात पाहाँचह्रे पर्व शक्तिपीठबाट निकालिएका देवीदेवताको खटजात्रा बाजागाजासहित हर्षोल्लासपूर्वक ३ दिनसम्म मनाइदैछ ।

प्रस्तुत पर्व अन्र्तगत पहिलो दिनबाट पाहुनालाई स्वागत सत्कार गरी यो पर्व सुरु गरिन्छ भने त्यस्तै यसैदिनदेखि विभिन्न शक्तिपीठका देवीदेवतालाई खटमा राखी जात्रा आरम्भ गर्ने गरिन्छ । यसक्रममा  साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ । यस पर्वमा घर घरमा विभिन्न परम्परागत परिकार बनाइ खाने गरिन्छ ।

त्यस्तै आज कामपा वडा न.१९ स्थित  पाहाँचह्रे लिङ्गो उठाएसंगै  कंकेश्वरीदेवी लगायत शक्तिपीठबाट निकालिएका देवीदेवता स्वेतकाली, लुमधि अजिमा,भद्रकालीको खटजात्रा संगै बाँकी विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ ।

त्यस्तै पर्वको दोस्रो दिन टुँडीखेलमा घोडेजात्रा गर्ने गरिन्छ भने टोलटोलमा २ वर्षसम्मका बालबालिकालाई मरःजा अर्थात् शुद्ध भात खुवाइने प्रचलन रहिआएको छ । साथै कामपा वडा न १९ स्थित कंकेश्वरी मन्दिर परिसरमा आजै पाहाँचर्‍हे लिङगो समेत उठाइन्छ ।