शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस केन्द्रीय समिति:विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर गठबन्धन गर्न नहुनेमा जोड

काठमाडौं चैत १४, 
आसन स्थानीय तहको  निर्वाचन लक्षित हुँदै जारी नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा वोल्ने सदस्यहरुले स्थानीय तहको निर्वाचन र गठबन्धनका दलहरुबीचको चुनावी गठबन्धन गर्ने सिद्धात पारित गर्नुपर्नेमा जोड दिएका छन ।

पार्टी प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार कुन ठाउँमा कस्तो वस्तुस्थिति छ, त्यसका आधारमा कहाँ तालमेल गर्ने र कहाँ नगर्ने त्यसको निर्कियौंल गर्दै संगठनलाइ थप मजवुत बनाउनु पर्नेमा आजको बैठकमा वोल्ने सदस्य मध्ये अधिकांशले तालमेलको औचित्य माथि केन्द्रीत हुँदै आआफ्नो धारणा राखेको बताउनुभयो ।

त्यस्तै  आजको बैठकमा कम्युनिस्ट फुटेका छन् हामीले जितिहाल्छौं भन्ने भ्रम राख्न नहुनेमा चर्चा संगै काँग्रेसको विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर गर्ने गठबन्धन गर्न नहुने विषयले समेत प्राथमिकता पाएका छन ।

गत शुक्रबारदेखि जारी केन्द्रीय समितिको सोमवारको बैठकमा सभापति देउवासहित सबै पदाधिकारी र केन्द्रीय सदस्य गरी ४२ जनाले आफ्नो भनाइ राखेका छन् । त्यस्तै यसक्रममा कतिपय सदस्यले तालमेल नगरी एक्लै पार्टीलाई परीक्षण गर्नुपर्छ भन्ने आवाज समेत मुखरित भएको जनाउ दिदै यसविषयमा मंगलवार बस्ने बैठकमा थप छलफल हुने बताउनुभयो ।

आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्वे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार हुन् ।

त्यस्तै केन्द्रीय सदस्यहरुमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह के।सी।, प्रवक्ता डा प्रकाशशरण महत, डा शेखर कोइराला, बलबहादुर के।सी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रमेश लेखक, रामजनम चौधरी, यज्ञराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, मञ्जु खाँण, सुशीला थिङ र गणेश लामाले आ–आफ्नो धारणा व्यक्त गरेका हुन् । काँग्रेस केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो ३ बजे बस्नेछ ।