शुक्रबार, बैशाख ७, २०८१

काँग्रेस केन्द्रीय समितिमा संगठनको मौजुदा स्थितीको समिक्षा सहितको विशेष छलफल

काठमाडौं चैत ११,
सत्तारुढ दल नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकमा काँग्रेसले स्थानीय तहको निर्वाचन लक्षित हुँदै शुरु गरेको घर–घर जाऊ, नेपाली काँग्रेस जिताऔं’ अभियान ‘कार्यक्रमको प्रारम्भिक समिक्षा सहित विशेष छलफल भएको छ। त्यस्तै बैठकमा प्रस्तुतअभियान अन्र्तगत संगठनको मौजुदा स्थितीलाइ थप प्रभावकारी बनाउन गरिनुपर्ने कामकारवाहीको विषयमा सम्बन्धीत प्रदेशका नेतृत्वले केन्द्रीय नेतृत्वलाइ रिपोर्टिङ गरेको हो ।

त्यस्तै रिपोर्टिङको क्रममा आसन्न् स्थानीय तहमा कहाँ–कहाँ गठबन्धनको आवश्यकता छ वा छैन र एक्लै लड्दा कस्तो परिणामको अपेक्षा गर्न सकिन्छ भन्ने विषयमा समेत सम्बधीत प्रदेशले आ आफे प्रदेशको विषयवस्तु प्रस्तुत गरिएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो। त्यसक्रममा प्रदेश न सभापति उद्धव थापा, मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव , बागमती प्रदेशका सभापति इन्द्रबहादुर वानियाँ , गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा , लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, र कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।

त्यस्तै शुक्रबारको बैठकमा केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला , कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्राडा गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी लगायतले धारणा राख्नुभएको आजको बैठक चैत्र १३ गते पुनः बस्नेगरी स्थगन गरिएको र बाँकी केन्द्रीय सदस्यले अर्को बैठकमा धारणा राख्नुहुने काँग्रेस मुख्यालयले  जनाएको

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28