बिहिबार, बैशाख १३, २०८१

काँग्रेसले गर्यो स्थानीय तहको चुनाव लक्षित १ महिने अभियानको घोषणा

काठमाडौं फागुन २५,
नेपाली काँग्रेसले आसन्न स्थानीय तहको चुनाव लक्षित हुँदै १ महिने अभियानको घोषणा गरेको छ। आज पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनर्फात काँग्रेसले स्थानीय तहको निर्वाचत केन्द्रित एक महिने अभियान घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले अभियानको क्रममा काँग्रेसका नेता तथा ार्यकर्ता हरेक घरमा पुग्दै प्रत्येक नागरिकलाइ मुलुक काँग्रेसको अवस्थाका विषयमा जानकारी गराउने बताउनुभयो ।

त्यस्तै अभियानका लागि केन्द्रीय स्तरबाट ७७ वटै जिल्लाका लागि प्रतिनिधि खटाइएको जानकारी दिदै फागुन २९ गतेबाट अभियनको शुभारम्भसंगै काँग्रेसले चुनावी अभियान सञ्चालन गर्ने बताउनुभयो। साथै उहाँले अभियानको क्रममा सातै प्रदेशलाई महत्वपूर्ण भूमिका दिएको बताउँदै छ। सातै प्रदेशमा अधिवेशनबाट निर्वाचित कमिटीले पार्टी पंक्तिको परिचालन गर्ने काम गर्छ भने केन्द्रीय प्रतिनिधिले केन्द्रका निर्णय कार्यान्वयन प्रभावकारी बनाउने र अभियानलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्ने जानकारीदिनुभयो ।

यस्तो छ काँग्रेसको आसन्न स्थानीय तहको चुनाव लक्षित १ महिने अभियान घोषणाको विस्तृत पाठ

त्यस्तै जिल्ला कार्यसमितिले जिल्ला तहमा प्रतिनिधि चयन, वडासम्मको समन्वय गर्नुपर्ने डा महतले बताउनुभयो । पत्रकार सम्मेलनमा काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा लगायतको उपस्थिती रहेको थियो ।