शुक्रबार, चैत्र १६, २०८०

एमालेलाइ आसन्न निर्वाचनमा प्राप्त हुँने जनादेशलाइ कुनै गठबन्धनले रोक्न सक्दैन : ओली

काठमाडौं फागुन १७,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेआज मुलुकमा पछिल्लो समय विकसित राजनैतिक घटनाक्रम संग समसामायिक घटनाक्रम केन्द्रीत हुँदै आयोजना गरेको पत्रकार सम्मेलन मार्फत पार्टी अध्यक्ष केपी ओलीले सत्तारुढ दल काँग्रेसले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्ने विषयमा भएको छलफलमा सहकार्यमा जोड दिएको बताउनुभएको छ।

त्यस्तै उहाँले ओलीले लोकतन्त्रका लागि सँगसँगै लडेका काँग्रेस र एमालेबीच सहकार्य हुनुपर्छ भन्ने पार्टीको मान्यता प्रति कन्भिन्स रहेको बताउँदै आफ्नो पार्टीले कारवाही गरेका अनुशासन हिन दलको उपस्थिती संगै भावनात्मक रुपले लोकतन्त्र स्वीकार गर्न नसक्ने माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्डको असंवैधानिक क्रियाकलापका कारण सककार्य लोकतन्त्र धरापमा परेको बताउनुभयो ।

साथै जनादेशमा नभइ परमादेशमा बनेको सरकार र त्यो सरकारले गर्ने गठबन्धनको कुनै तुक नभएको भन्दै आसन्न निर्वाचनमा सत्ता गठबन्धनको चुनावी तालमेलको चर्चा चलिरहेको प्रसंग प्रति लक्षित हुँदै ५ वटामात्र होइन होइन जतिवटा दल मिलेर निर्वाचनको मैदानमा आएपनि एमालेले आसन्न स्थानीय होस वा संघ र प्रदेशको निर्वाचनमा प्राप्त गर्ने जनादेशलाइ रोक्न नसक्ने दावी गर्दै नेकपा एमालेले एक्लै चुनावी मैदानमा उत्रने बताउनुभयो ।