बिहिबार, बैशाख १३, २०८१

उम्मेदवारत्रय वीचको सहमतिसंगै एनआरएन फुटको संघारबाट जोग्यो

चैत १० र ११ मा एकताको महाधिवेशन हुने

काठमाडौँ  चैत ८,

गैरआवासीय नेपाली संघको चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ। अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्रि केसी र रबिना थापाबीच सहमति भएपछि एनआरएन विभाजन हुनबाट रोकिएको छ । अध्यक्ष पदका तीनै जना प्रत्यासीले आज संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच  संघलाई एकजुट बनाएर लैजान आफूहरूबीच सहमति भएको  जाउ दिएको  हो ।

 त्यस्ते  पत्रकार सम्मेलनमा     संघका अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आ(आफ्नो कमजोरी स्वीकार गर्दै देखाएको  कार्यगत एकता संगमा याँ आयामकोविकास भएको    बताए ।   अध्यक्षका उम्मेदवार एवम् संघका सल्लाहकार कुल आचार्यले संसारभरका नेपालीहरूलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताउँदै     संस्थालाई एकजुट बनाएर अगाडि बढ्नुनै  विद्यमान   आवश्यकता रहेको  बताए ।

त्यस्तै  आज भएको सहमतिसगै प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न अध्यक्ष पन्तले आग्रह गर्ने छन् भने उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि  फिर्ता लिने  भएका छन् । त्यसैगरी असन्तुष्ट पक्षका तर्फबाट दायर मुद्दा पनि फिर्ता गरिने  जनाउ दिएका  छन ।