बिहिबार, चैत्र १५, २०८०

आसन्न स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले भाग लिने

काठमाडौं चैत १३ ,
आसन्न स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले भाग लिने निर्वाचन आयोगले जनाएको छ। आयोगको आज बसेको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै आयोगले मुलुकको ७७ जिल्ला मध्ये सवैभन्दा बढी मतदाता भएको जिल्ल्नमा क्रमस मोरङ, झापा र काठमाडौलाइ सूचीकत गरेका छन भने थोरै मतदाता रहेको हुनेमा जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेको जनाएको छ। त्यस्तै आसन्न निर्वाचनका लागि मतदानस्थल १० हजार ७५६ र मतदान केन्द्र २१ हजार ९५५ कायम गरिएको पनि आयोगले जनाएको छ।