बिहिबार, बैशाख १३, २०८१

आसन्न स्थानीय तह निर्वाचनमा आयोगले हरियो रङको मतपत्र प्रयोग गर्ने

काठमाडौं फागुन २३,
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग गर्ने भएको छ। मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो ।

आयोगले आजको मिडिया व्रिफिङ्गमा निर्वाचनका मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने निर्णय भएको जानकारीदिदै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि आयोगले २०७४ को निर्वाचनमा मतपत्रमा निलो मसीको प्रयोग गरेको जानकारीदिनुभयो ।

त्यस्तै उहाँले मतदाता नामावली अद्यावधिकको काम भइरहेको जनाउदै आयोगले मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन लिने, कसैले झुट्टा विवरण दिएको भएको सोको सम्बन्धमा उजुरी दिने, एकभन्दा बढीस्थानमा मतदाता नामावली भए हटाउनका लागि सूचना दिनेलगायतका कामकारवाही भइरहेको जानकारी समेत दिएको छ।