बिहिबार, बैशाख १३, २०८१

आसन्न स्थानीयतह निर्वाचनमा सत्ता गठबन्धनको लागि संयन्त्र बनाउने शिर्ष नेतृत्वको सहमति

यसअघिको निर्वाचनमा जित हाँसिल गरेको ४ नगरपालिका सहित काठमाडौं महानगरसहित कम्तिमा थप दुई नगरपालिकामा काँग्रेसको अडान

काठमाडौं चैत १७,
आज बसेको सत्ता गठबन्धन शिर्ष नेतृत्वको बैठकले आसन्न स्थानीयतह निर्वाचनमा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्ने निर्णय गरेको छ। प्रमको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनमा सहभागी दलको बैठकमा महानगरको विषयमा केन्द्रबाटै टुंग्याउने बाँकी तलैबाट गर्न दिने निर्णय संगै यसको लागि चुनावी तालमेलसम्बन्धी निर्णय गर्न संयन्त्र बनाउने सहमति समेत गरेको छ।

त्यस्तै काठमाडौँमा रहेको एक महानगर सहित १० वटा नगरपालिकामध्ये काँग्रेसले यसअघिको निर्वाचनमा गोकर्णेश्वर, दक्षिणकाली, नागर्जुन र चन्द्रागिरी नगरपालिका जितेको थियो । बाँकी काठमाडौ महानगरपालिका, शंखरापुर, कागेश्वरी मनोहरा, बुढानिलकण्ठ, टोखा, नागार्जुन, तार्केश्वर र कीर्तिपुर नगरपालिकामा एमालेले जितेको थियो।

यसवीचमा काँग्रेसले यसअघिको निर्वाचनमा जित हाँसिल गरेको ४ नगरपालिका सहित काठमाडौं महानगरसहित कम्तिमा थप दुई नगरपालिका आफ्नो भागमा हुनुपर्ने अडान राखेका छन ।