शुक्रबार, बैशाख ७, २०८१

आज काँग्रेसको अछामसँगै मधेस प्रदेशका चार जिल्लामा नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै

काठमाडौं फागुन २३,
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सम्पन्न हुन बाँकी १६ जिल्ला मध्ये ८ जिल्लाको नेतृत्व चयन भइसकेको छ । अधिवेशन सम्पन्न भएका यी ८ जिल्लमा चितवन, सिन्धुली, बाँके, महोत्तरी, नवलपुर, कैलाली, मकवानपुर र पर्सा रहेका छन ।

त्यस्तै अधिवेशन सकिएको ८ जिल्लामा चितवन, सिन्धुली, बाँके र नवलपुरमा शेखर कोइराला पक्षले जित हाँसिल गरेका छन भने कैलाली, मकवानपुर र पर्सामा संस्थापन पक्ष निर्वाचित भएका छन। त्यस्तै महोत्तरी जिल्ला सभापति नागेश्वर यादवले आफु यो त्यो पक्षको नभइ काँग्रेसको उम्मेदवार भएको जनाउ दिएका छन ।

यसैवीच बाँकी ८ जिल्लाको नयाँ नेतृत्व चयनको लागि हुन बाँकी अधिवेशन मध्ये आज ५ जिल्लाको अधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। आज अधिवेशन हुन लागेको जिल्लामा क्रमस अछाम सिराहा, धनुषा, रौतहट, बारा र सर्लाही रहेका छन ।

सिराहामा रामचन्द्र यादव र रामसुन्दर चौधरीबीच र धनुषामा सन्तोष यादव, योगेन्द्र पञ्जियार र दिनेश प्रसैला यादव प्रतिस्पर्धा हुँदैछ । साथै रौतहट सभापतिका लागि संस्थापन पक्षबाट जितेन्द्र यादव र संस्थापन इतर पक्षबाट हृदयनारायण यादव प्रतिस्पर्धामा रहेका छन भने सर्लाही सभापतिका लागि संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतर पक्षबाट लक्ष्मण राय यादववीच भिडन्त हुँदैछ । त्यस्तै अछाम काँग्रेस नेतृत्वको लागि पुष्प शाह र भरतकुमार स्वाँरबीच भिडन्त हुँदैछ । मधेस प्रदेशको सप्तरी जिल्लामा भने मंगलबार निर्वाचन हुने संभावना रहेको निर्वाचन समितिले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28