शुक्रबार, बैशाख ७, २०८१

आजबाट निर्वाचन लक्षित काँग्रेसको घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान शुरु

काठमाडौं फागुन २९,
नेपाली कांग्रेसले आजबाट आसन्न स्थानीय तहको निर्वाचनको तयारी लागि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ मन्ने नारा सहित एक महिने १ बजे एकसाथ जिल्लास्तरीयरूपमा अभियान प्रारम्भ गरेको छ।

प्रस्तुत अभियान अन्र्तगत आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्दै कांग्रेसलाई विजयी गराउन मतदातालाई अपिल गर्ने एकमात्र उद्देश्य रहेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभयो ।

त्यस्तै कांग्रेसको नेतृत्वमा सरकार बनेपछि छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप दिने देखि कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मकरूपमा सरकारमा जानुपरेको यथार्थ संगै एमसिसीको अुमोद लगायतका यावत विषयजनसमक्ष राख्दै काँग्रेसको पक्षमा निर्वाचनको माहौल बनाउदै आफ्ना उम्मेदवारलाइ निर्वाचित गराउँनु अभियानको उद्देश्य रहेो पनि उहाँले बताउनुभयो ।