शुक्रबार, मंसिर १५, २०८०
Dashain

३८ जनामा कोभिड सङ्क्रमण हुँदै गर्दा २६९ जना सङ्क्रमण मुक्त

काठमाडौं चैत ९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर ५ हजार ३७६ जनाको परीक्षण गर्दा कुल ३८ जनामा कोभिड सङ्क्रमण देखिएको जाएको छ मन्त्रालयले ३ हजार ८५५ जनाको पीसीआर परीक्षण गर्दा ३४ जनामा र १५ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना गरि उल्लेखितसख्यामा संक्रमितको पहिचान भएको जानकारी दिएको हो ।

त्यस्तै यसवीचमा २६९ जना सङ्क्रमण मुक्त भएका छन् भने कोभिडका कारण वितेको २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । यद्यपी नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । साथै देशभर २४ हजार ५३ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।