बुधबार, मंसिर २०, २०८०
Dashain

२५ जना प्रहरी नायब उपरीक्षकको सरुवा को-काहाँ ?

काठमाडौं चैत ९,
नेपाल प्रहरी मुख्यालयले मातहतका २५ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ। मुख्यालय अन्तर्गत मानवस्रोत एवम् प्रशासन विभागलेजारी गरेको सरुवा सूचीमा प्रहरी नायब उपरीक्षकको आवश्यकताअनुसार काज खटाउनुपर्ने भएकाले सरुवा गरिएको उल्लेख गरिएको छ। डिएसपीको सरुवासँगै प्रहरी नायब उपरीक्षक ईन्चार्ज हुने १० जिल्ला क्रमस ग्दी, सोलुखुम्बु, ताप्लेजुङ, पश्चिम रुकुम, पूर्वी रुकुम सहित १० जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका छन्।

त्यस्तै जारी सरुवा सूची अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुर खटाइएको छभने सोलुखुम्बुमा कार्यरत डिएसपी कबित कटुवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयल टंगाल तानिएको छ ।

त्यस्तै सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोती र पूर्वी रुकुममा प्रकाश डाँगीलाई काज सरुवा गरिएको छ । त्यस्तै ताप्लेजुङमा कार्यरत बाल नरसिंह राणालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयको कार्य शाखामा सरुवा गरिएको छ। साथै दार्चुलामा प्रतीक विष्ट, हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौला र मनाङमा प्रेम सागर केसीलाई पठाइएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28