बुधबार, मंसिर २०, २०८०
Dashain

स्थानीय तह निर्वाचन कार्यतालिका स्वीकृत , वैशाख ११ र १२ गते स्थानीय तहको उम्मेदवारी दर्ता

काठमाडौँ चैत ४ ,
वैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचन निर्वाचनका लागि आयोगले स्थानीय तह निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत निर्वाचन कार्यतालिका अनुसार २०७९ साल वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकेको छ ।

त्यस्तैवैशाख १२ गते दर्ता भएको उम्मेदवारको मनोनयनपत्रको सूची प्रकाशन र वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गर्दै वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ।

त्यस्तै वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै जारी विज्ञप्तिमा आयोगले प्रस्तावित सम्पूर्ण कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28